काठमाडौँ :- आज सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेर २ लाख ५१ हजार ९०० रुपैयाँमा पुगेको छ। सोमबार सुन प्रतितोला २ लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
यता चाँदीको मूल्य भने बढेको छ। अघिल्लो दिन प्रतितोला ३ हजार ५८५ रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँ बढेर ३ हजार ६ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ।




