काठमाडौँ :- नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज एक तोला सुनको मूल्य २ लाख ५२ हजार २ सय र चाँदीको मूल्य ३ हजार ६०५ कायम गरिएको छ।
शुक्रबारको तुलनामा सुनको मूल्यमा थोरै कमी आएको हो, जस दिन एक तोला सुन २ लाख ५२ हजार ४ सयमा कारोबार भएको थियो भने, चाँदीको मूल्य ३ हजार ५५५ मा थियो।
अन्तर्राष्ट्रिय बजारका अनुसार, आज एक औंसे सुन ४ हजार १९८ अमेरिकी डलर र त्यति नै परिमाणको चाँदी ५८ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ।




