काठमाडौँ :- मधेस प्रदेशमा नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको छ।
प्रदेश प्रमुख सुरेन्द्रलाल कर्णले नेपालको संविधानको धारा ६८(२) बमोजिम यादवलाई औपचारिक रूपमा मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
यादवलाई नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र लोसपा नेपालसहित छ दलको समर्थन प्राप्त छ।
मुक्यमन्त्री नियुक्त हुन उनले ७७ जना प्रदेशसभा सदस्यको हस्ताक्षरबाट समर्थन जुटाएका थिए।



