काठमाडौँ :- डोटीमा जन्ती लिएर महेन्द्रनगरतर्फ जाँदै गरेको बोलेरो जिप दुर्घटनामा परेपछि ६ जना घाइते भएका छन्।
सुदूरपश्चिम प्रदेश–०१–००१च ४२५० नम्बरको बोलेरो जिप आज बिहान करिब १० बजेतिर सायल गाउँपालिका–४ खालीखोला क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो।
प्रहरीका अनुसार जिप अनियन्त्रित भएर करिब ६० मिटर तल खसेको प्रारम्भिक अनुमान गरिएको छ।
दुर्घटनामा ५४ वर्षीया हरिदेवी कापडी, ३१ वर्षीय दिल्ली राज ओझा, ४० वर्षीय भोजराज ओझा, उनका ११ वर्षीय छोरा आमत ओझा, ४३ वर्षीय टेकराज ओझा र चालक थापा घाइते भएका छन्।
सभी घाइतेहरूको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।



