काठमाडौँ :- मङ्गलबारको तुलनामा आज सुनको मूल्यमा केही गिरावट आएको छ भने चाँदीको मूल्यमा हल्का वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज एक तोला सुन रु २ लाख ४४ हजार ३०० मा कारोबार भइरहेको छ, भने त्यही परिमाणको चाँदी रु ३ हजार १७५ मा पुगेको छ।
गत मङ्गलबार एक तोला सुन रु २ लाख ४६ हजार ४०० र चाँदी रु ३ हजार १७० मा खरिदबिक्री भएको थियो।




