काठमाडौँ :- राष्ट्रपति रामचन्द्र पौडेलले मधेस प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गर्नुभएको छ ।
मन्त्रिपरिषद्को कात्तिक २४ गतेको बैठकले गरेको निर्णय तथा सिफारिसका आधारमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) खण्ड (ख) बमोजिम राष्ट्रपति पौडेलले भण्डारीलाई आजैदेखि लागू हुने गरी पदमुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सुवेदीलाई पदमुक्त गर्न सिफारिस गरेको थियो ।




