काठमाडौँ :- निर्वाचन आयोगले धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ नेतृत्वको नयाँ राजनीतिक दल **‘श्रम संस्कृति पार्टी’**लाई दल दर्ताको प्रमाणपत्र प्रदान गरेको छ।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४ र ५ अनुसार आयोगले आज सो पार्टीलाई आधिकारिक रूपमा दल दर्ता प्रमाणपत्र प्रदान गरेको हो।
आयोगका अनुसार जेन–जी आन्दोलनपछि दर्ताका लागि आवेदन दिएका सात नयाँ दलमध्ये साम्पाङ नेतृत्वको पार्टीले सबैभन्दा पहिले प्रमाणपत्र प्राप्त गरेको छ। हालसम्म आयोगमा १२५ दल दर्ता रहेका छन्।
प्रमाणपत्र प्राप्त गरेपछि साम्पाङले २८ सदस्यीय कार्यसमिति गठन गरेको र देश तथा जनताको हितका लागि ठोस काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।



