काठमाडौँ :- गत शुक्रबारको तुलनामा आज स्थानीय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रु ७०० ले बढेको छ भने चाँदी रु ५ ले घटेको छ।
गत शुक्रबार तोलाको रु २ लाख ३९ हजार मा कारोबार भएको सुन आज रु २ लाख ३९ हजार ७०० मा पुगेको महासङ्घले जनाएको छ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु ३ हजार ५५ निर्धारण गरिएको छ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उच्च स्तरमा पुगेको छ। विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज प्रतिऔँस सुन चार हजार अमेरिकी डलर मा कारोबार भइरहेको छ।



