काठमाडौँ :- आज नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ४ सय रुपैयाँले सस्तो हुँदै २ लाख ४८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, चाँदीको मूल्य भने ६० रुपैयाँले बढेर प्रतितोला ३ हजार २ सय ८० रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ।




