काठमाडाैं :- धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आज ५०.४४ अंकले बढेर बन्द भएको छ ।
नेप्से परिसूचक १.९४ प्रतिशतले बढेर २६५०.६६ विन्दुमा बन्द भएको हो । यस दिन काराबोर रकम पनि बढेको छ । सात अर्ब तीन करोड ५४ लाख रुपैयाँको सेयर किनबेच भएको छ । आइतबार (मंसिर ७) ६ अर्ब २८ करोड ६७ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।
२१५ कम्पनीको सेयर मूल्य बढेको छ । ३७ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
झापा इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सर्वाधिक मूल्यको सेयर कारोबार भएको छ । यो कम्पनीको २४ करोड ८१ लाख रुपैयाँको सेयर किनबेच भएको हो ।
कारोबारमा आएका १३ वटै समूहको परिसूचक बढेको छ ।



