काठमाडौँ :- काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले कामदार भिषा उपलब्ध गराउने प्रलोभनमा रु ४२ लाख ठगी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–७ घर भई हाल काठमाडौँ गोकर्णेश्वर–७ बस्ने २२ वर्षीय आदर्श तिमल्सिना र सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–४ घर भई गोकर्णेश्वर–७ बस्ने ३४ वर्षीय आशिष खोखाली छन्।
सूचना अधिकारी काजीकुमार आचार्यका अनुसार, तिमल्सिनाले रु ३० लाख ५० हजार र खोखालीले रु ११ लाख ५० हजार लिई फरार रहेको उजुरीका आधारमा उनीहरू पक्राउ परेका हुन्।
आरोपित आशिष खोखाली ‘जेन शिक्षा मब’ नामक कन्सल्टेन्सीका संचालकसमेत रहेका छन्। उनीहरूलाई काठमाडौँ–१२ बाट पक्राउ गरी थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।



