काठमाडौँ :- काठमाडौं महानगरपालिकाले सात दिनभित्र अतिक्रमित जग्गा र मापदण्ड विपरीतका संरचना खाली गर्न अनुरोध गरेको छ।
असोज २ गतेको काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका प्राधिकरणको निर्णयअनुसार जारी गरिएको सूचनामा, समयमा संरचना खाली नगरे कारबाहीमार्फत हटाइने जानकारी पनि समावेश गरिएको छ।



