काठमाडौँ :- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ६२.२९ अंकले बढ्दै २,५७१.३४ विन्दुमा बन्द भएको छ। यससँगै बजार २.४८ प्रतिशतले उकालो लागेको छ।
आज ३१४ कम्पनीका ९२ लाख ४३ हजार ७२३ कित्ता शेयर ४७ हजार ९४ कारोबारमार्फत खरिद–बिक्री हुँदा कुल कारोबार रकम रु **४ अर्ब ५७ करोड ३९ लाख ४३ हजार ४०५** भएको नेप्सेले जानकारी दिएको छ।
आज व्यापार समूहबाहेक **अन्य सबै उपसूचक हरू बढेका** छन्।
यस दिन **न्यादी हाईड्रोपावर लिमिटेड** र **बुटवल पावर कम्पनी लिमिटेड** को सेयर मूल्यमा **पोजेटिभ सर्किट** लागेको छ भने **हिमालयन पावर पार्टनर लिमिटेड** को सेयर मूल्य **६.३६%** ले घट्दै सबैभन्दा धेरै मूल्य गुमाउने कम्पनीमा परेको छ।




