काठमाडौँ :- नेपाली बजारमा सुनको मूल्य इतिहासकै उच्च बिन्दुमा पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनको तुलनामा २ हजार रुपैयाँले बढी हो। यो हालसम्मकै उच्च मूल्य हो।
बुधबार सुन प्रतितोला २ लाख ४८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ। अघिल्लो दिन प्रतितोला ३ हजार २४० रुपैयाँमा रहेको चाँदी आज ३ हजार २७५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ।


