राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले आज भेट गर्नुभएको छ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको भेटमा अध्यक्ष दाहालले अन्तर–व्यवस्थापिका सङ्घ (आईपियु)को १५१औँ महासभामा नेपालको सङ्घीय संसद्को तर्फबाट सहभागिता जनाउनेबारे जानकारी दिनुभएको सचिवालयले जनाएको छ।
आईपियुको १५१औँ महासभा स्विट्जरल्यान्डको जेनेभामा यही अक्टोबर १९–२३ तारिखमा आयोजना हुँदैछ र विश्वभरका १८१ देशका संसद सदस्यहरू सहभागी हुनेछन्। राष्ट्रियसभा अध्यक्षको नेतृत्वमा सङ्घीय संसद्को प्रतिनिधि मण्डल यस महासभामा सहभागी हुँदैछ।
त्यसअघि, राष्ट्रियसभा अध्यक्ष दाहालले आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर आईपियु महासभामा नेपालको सहभागिता, राष्ट्रियसभा निर्वाचन र अन्य समसामयिक विषयमा जानकारी तथा छलफल गर्नुभएको थियो। साथै, आगामी माघमा हुने राष्ट्रियसभा निर्वाचनसम्बन्धी जानकारी पनि उहाँले प्रधानमन्त्री कार्कीलाई गराउनुभएको थियो।



