काठमाडौँ :- नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड बनाएको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला २ हजार ४ सय रुपैयाँले बढ्दै आज सुनको मूल्य २ लाख ४० हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
अघिल्लो दिन सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्यमा वृद्धि देखिएको छ। प्रतिऔंस मूल्य ४ हजार ५० अमेरिकी डलर नाघेपछि विश्व बजारमा समेत रेकर्ड कायम भएको छ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेर प्रतितोला ३ हजार २ सय २० रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनभन्दा ९५ रुपैयाँ बढी हो।




