काठमाडौँ :- अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ। बुधबारको तुलनामा आज एक तोला सुन १ हजार २०० रुपैयाँले महँगो भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
महासङ्घका अनुसार बुधबार एक तोला सुन २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएकोमा आज बढेर २ लाख ३९ हजार २०० रुपैयाँ कायम भएको छ।
त्यसैगरी, चाँदीको मूल्य पनि वृद्धि भएको छ। बुधबार एक तोला चाँदी २ हजार ९५५ रुपैयाँमा कारोबार भएकोमा आज बढेर ३ हजार २५ रुपैयाँमा क्रयविक्रय भइरहेको महासङ्घले जानकारी दिएको छ।
अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन ४ हजार ५५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।




