काठमाडौँ :- अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै यसको प्रभाव नेपाली बजारमा पनि देखिएको छ । सोमबारको तुलनामा आज एक तोला सुनको मूल्य रु २,३०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार एक तोला सुन रु २,३३,१०० मा कारोबार भएको थियो भने आज यसको मूल्य बढेर रु २,३५,४०० पुगेको छ ।
चाँदीको मूल्य भने स्थिर रहँदै सोमबारकै दरमा, अर्थात् प्रति तोला रु २,९६० मा कारोबार भइरहेको छ । गत आइतबार सुनको मूल्य रु २,३०,६०० र चाँदीको रु २,९३० प्रति तोला रहेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा हाल एक औँस सुन तीन हजार ९६५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।




