काठमाडौं :- नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ रेकर्ड तोडेको छ । लगातार बढ्दो क्रममा रहेको सुनको भाउ बुधबार तोलामा २ लाख २३ हजार रुपैयाँ पुगेको हो ।
यसअघि मंगलबार तोलामा २ लाख २१ हजार ७०० रुपैयाँ कायम भएको थियो । यस्तै, बुधबार छापावाल सुन १० ग्रामको मूल्य १ लाख ९१ हजार १८५ रुपैयाँ पुगेको छ ।
सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा २ हजार ६८० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार बढेर २ हजार ७०० रुपैयाँमा पुगेको हो । यो चाँदीको हालसम्मकै उच्च मूल्य मानिएको छ ।




