काठमाडौं :- नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी टोपबहादुर रायमाझी कारागार फर्किएका छन् । भदौ २४ गते जेनजीको आन्दोलनपछि रायमाझी सुनधारा कारागारबाट अन्य कैदीबन्दीसँगै फरार भएका थिए। उनी दुई सातापछि आफैँ कारागार फर्किएका हुन् ।
सुन्धारा कारागारबाट रायमाझीसँगै ३३ सय कैदीबन्दी भागेका थिए । जेनजी आन्दोलनका क्रममा देशका २७ वटा कारागारमा १४ हजार ५५५ जना कैदीबन्दी फरार भएका थिए। ती मध्ये ६ हजार ९८४ जना फिर्ता भइसकेका छन्। ७ हजार ५७१ जना कैदीबन्दी अझै फरार छन् ।


