काठमाडौँ :- नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च स्तरमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रू २ लाख २१ हजार ७०० मा कारोबार हुँदैछ। हिजोको रू २ लाख १७ हजार ८०० को तुलनामा तोलामा मूल्य रू ३ हजार ९ सयले वृद्धि भएको हो।
त्यसैगरी, चाँदी आज प्रतितोला रू २ हजार ६८० मा किनबेच हुनेछ। अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य प्रतिऔंस करिब अमेरिकी डलर ३,७४८ मा कारोबार भइरहेको छ।




