काठमाडौँ :- आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ७ सय रुपैयाँले बढेर प्रतितोला २ लाख १७ हजार ८ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेर प्रतितोला २६ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।




