काभ्रे :- नख्खु कारागारबाट भागेका कैदीले श्रीमतीको हत्या गरेका छन् । काभ्रेको पनौती नगरपालिका वडा नम्बर १२ गागलका वर्ष ३५-३६ का सन्तबहादुर तामाङले आफ्नै श्रीमती ३० वर्षीय मनिषा घ्यावा तामाङको हत्या गरेको हो ।
सन्तबहादुर जेन्जी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका थिए । उनी जवरजस्ती करणीमा जेल परेका थिए । इलाका थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । हत्यापछि तामाङ फरार छन् ।


