रुकुम :- रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१ छिङमा आज बिहान पहिरोले पुरिँदा एक महिलाको ज्यान गएको छ।
तल्लो छिङकी करिब ६९ वर्षीया हिमकुमारी मल्ल भेँडाबाख्रा लिएर गोठालो जाँदै गर्दा पहिरोमा पुरिएर घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष ज्ञानुचन्द्र चन्दले जानकारी दिनुभयो।
उहाँसँगै लगेका भेँडाबाख्रासमेत पहिरोले पुरिएर मरेका छन्। हिमकुमारी घर फर्कन ढिला भएपछि परिवारले खोजी गर्ने क्रममा शव पहिरोमा भेटिएको वडाध्यक्ष चन्दले बताउनुभयो। मृतकको शव प्रहरी र स्थानीयको सहयोगमा निकालिएको हो।




