धनगढी :- धनगढी उपमहानगरपालिका–२, मिलनचोकस्थित एक होटलबाट पाँच किलो ६९० ग्राम चरेशसहित होटल सञ्चालकलाई प्रहरीले आज पक्राउ गरेको छ।
बझाङको बुङ्गल नगरपालिका–८ घर भई हाल धनगढी–२ स्थित जयराम होटल एण्ड लज रेस्टुराँका सञ्चालक राम बोहरालाई प्रहरीले उक्त चरेशसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। बोहराको होटलमा शङ्का लागेर गरिएको चेकजाँचमा चरेश फेला परेको थियो।
त्यसैगरी, जिल्लाका विभिन्न स्थानबाट चार ग्राम ९० मिलिग्राम खैरो हिरोइनसहित चार जनालाई पनि पक्राउ गरिएको छ। प्रहरीले उनीहरूलाई आवश्यक कारबाहीका लागि हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको छ।




