काठमाडौँ :- काठमाडौँ महानगरपालिका–१७ नयाँबजार नर्सरी चोकस्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा चन्द्रागिरि–८ का ४२ वर्षीय रूपचन्द्र श्रेष्ठसमेत छन्। जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त लैनचौरको संयुक्त टोलीले उनीहरूलाई नगद ३ लाख ५९ हजार रुपैयाँ र ५८ बुक ताससहित नियन्त्रणमा लिएको छ।
प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।




