काठमाडौँ :- विदेश रोजगारीका नाममा आकर्षक तलबको प्रलोभन देखाएर स्लोभाकिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ललितपुर महानगरपालिका–१२ बसोबास गर्दै आएका बागमती गाउँपालिका–५ घर भएका ३१ वर्षीय छवीन्द्र हुमागाईलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ।
छवीन्द्रले स्लोभाकिया पठाउने भन्दै ३ जना पीडितबाट ५ लाख ३१ हजार रुपैयाँ उठाएर सम्पर्कविहीन भएको उजुरी आएपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले उनलाई ललितपुर महानगरपालिका–१२ बाट पक्राउ गरेको हो।
उनीमाथि आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौँमा बुझाइएको प्रहरीले जनाएको छ।




