काठमाडौँ :- प्रहरीले भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ स्थित गठ्ठाघरबाट खैरो हेरोइन कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार मोरङको कानेपोखरी गाउँपालिका–३ घर भएका ३० वर्षीय शरण राईलाई १० ग्राम ६४ मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो ।
उनको साथमा लागुऔषध जोख्ने डिजिटल तराजु पनि भेटिएको छ । आरोपी विरुद्ध ७ दिनको म्याद लिएर लागुऔषध मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




