काठमाडौँ | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमुख्यसचिव बैकुण्ठ अर्याललाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेको छ ।
आइतबार आयोगले सर्वोच्चमा पुनरावेदन निवेदन दर्ता गरेको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका तत्कालीन सचिव अर्यालसहित १२ जनाविरुद्ध अख्तियारले दायर गरेको सुरक्षण मुद्रण केन्द्रमार्फत अन्तःशुल्क स्टिकर छपाइ प्रकरणको मुद्दामा विशेष अदालतले सफाइ दिएको थियो ।
३८ करोड ६७ लाख १७ हजार ६४० रुपैयाँ बिगो दाबी गरिएको उक्त फैसलाप्रति असन्तुष्टि जनाउँदै अख्तियारले सर्वोच्चमा मुद्दा पुयाएको हो ।




