काभ्रे :- सत्तारुढ दलहरूले उपसभामुख इन्दिरा रानामगरलाई हटाउने उद्देश्यसहित अघि बढाएको प्रयासप्रति संघीय संसद्का विपक्षी दलहरूले कडा आपत्ति जनाएका छन् ।
माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको बैठकपछि प्रमुख सचेतक हितराज पाण्डेले विपक्षीहरूले सशक्त विरोधमार्फत अघि बढ्ने निष्कर्ष निकालेको जानकारी दिए ।
यसअघि कांग्रेस–एमालेका सांसदहरूले बिहानैदेखि उपसभामुख रानालाई पदमुक्त गर्न हस्ताक्षर अभियान थालेका थिए । त्यसको विरोधस्वरूप विपक्षी दलहरूले एकजुट भएर प्रतिवाद गर्ने घोषणा गरेका हुन् ।




