काभ्रे :- काठमाडौँ महानगरपालिका–५ स्थित कालोपुलबाट क्रिप्टो र हुन्डी कारोबार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार दुई जना भारतीय नागरिक सहित चार जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा बाराको महागढीमाई नगरपालिका–३ घर भएका २७ वर्षीय ओम प्रकाश जयसवाल, महागढीमाई–५ घर भएका २५ वर्षीय मनमोहन कुमार सिंह, भारतीय नागरिकद्वय ३३ वर्षीय विक्रम जयसवाल र ३३ वर्षीय मुन्ना जयसवाल छन् ।
प्रहरीले आरोपीहरूको साथबाट १५ लाख ३३ हजार नगद पनि बरामद गरेको छ । अनुसन्धानको क्रममा उनीहरुले ६ करोड ६ लाख बराबरको क्रिप्टोको कारोबार गरेको भेटिएको प्रहरीले जनाएको छ । उनीहरु विरुद्ध प्रहरीले हुन्डी र क्रिप्टो सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।




