काभ्रे :- सुर्खेतमा १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।
वीरेन्द्रनगर नगरपालिका-८ बस्ने कैलाली धनगढी उपमहानगरपालिका-३ घर भएका ४२ वर्षीय
राजकुमार चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।
राजकुमारले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेकाे हाे ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




