काभ्रे :- देशका ७४ जिल्लामा डेंगी संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो एक सातामा १६० जनामा संक्रमण पुष्टि भएको हो ।
झन्डै आठ महिनामा दुईहजार ७२० जनामा डेंगी संक्रमण पुष्टि भएको छ । सबैभन्दा बढी गण्डकीमा ७९७ जनामा डेंगी पुष्टि भएको छ । त्यसपछि वाग्मतीमा ५६८ जनामा, कोसीमा ४७९, लुम्बिनीमा ४३४, सुदूरपश्चिममा ३२७, कर्णालीमा ६६ र सबैभन्दा कम मधेस प्रदेशमा ४९ जनामा डेंगी संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कतिपय स्थानमा निरन्तर वर्षा भइरहेकाले डेंगी संक्रमण बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।




