काभ्रे :- र्सा जिल्लामा जबरजस्ती करणी सम्बन्धी मुद्दामा एकजना व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साबाट प्राप्त जानकारी अनुसार ११ वर्षीया बालिकालाई बाख्रा चराउने क्रममा एक्लै पारी १० रुपैयाँको नोट दिई ललाइफकाई फकाई बलात्कार गरी फरार रहेका ठोरी गाउँपालिका २ का ४६ वर्षीय अशोक साहलाई प्रहरीले पक्राउ गरेको एसपी गौतम मिश्रले बताएका छन्।
पीडित बालिकाकी आमाले दिएको जाहेरीका आधारमा अनुसन्धान गर्दा गत २१ गते बुधवार बिहान १०बजे ठोरी २ स्थित जंगलमा उक्त घटना भएको प्रहरीले जनाएको छ। जिल्ला अदालत पर्साबाट जबरजस्ती करणी सम्बन्धी कसुरमा ३ दिनको म्याद थप अनुमति लिई अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव निरीक्षक किशोर लम्सालका अनुसार थप अनुसन्धान भइरहेको छ।




