काठमाडौँ :- काठमाडौँको ठमेलबाट २ किलो सुन र २४ लाख रुपैयाँसहित २ जना चिनियाँ नागरिक पक्राउ परेका छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति उनीहरुलाई ठमेलको होटल जिउ डिङ युयान बीन गुआन होटलबाट पक्राउ गरेको हाे ।
पक्राउ पर्नेमा चीनको सियाचिनका ४६ वर्षीय तान चुनलिन र ३४ वर्षकी जोउ सुमेइ रहेका छन्। चुनलिन डेढ महिना पहिले नेपाल आएको भेटिएको छ। सुमेइ भने केही दिन पहिले मात्रै नेपाल आएकी थिइन्।
उनीहरूमाथि थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।




