काठमाडौँ :- पर्वतमा ८ वर्षीया बालिका बलात्कारको आरोपमा एक जना वृद्ध पक्राउ परेका छन् ।
प्रहरीका अन्सुअर बलात्कार आरोपमा बिहादी गाउँपालिकाका ६४ वर्षीय भुवानन्द तिवारीलाई पक्राउ गरेको हो । भुवानन्दले ती बालिकालाई बलात्कार गरेको भन्ने उजुरी आएपछि प्रहरी चौकी सेतीवेणीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
उनीमाथि बालिका बलात्कारको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।




