काठमाडौँ :- मोरङबाट पेस्तोल र घरेलु हतियारसहित दुई जना पक्राउ परेका छन् ।
मोरङ प्रहरीका अनुसार जहदा गाउँपालिका–४ हटिया टोलबाट आज बिहान करिब ६ बजेतिर दिनेश मण्डलको घरबाट पेस्तोल बरामद गरेको हो ।
हतियार लुकाएको आरोपमा जहदा–४ का अन्दाजी १९ वर्षीय हरिकुमार महतो र आशिष मण्डललाई प्रहरीले पक्राउ गरेको छ । अर्का आरोपी जहदा–४ का अन्दाजी २० वर्षीय मुकेशकुमार महतो फरार छन् ।
भुस राख्ने छाप्रो घरभित्र लुकाइछिपाइ राखिएको अवस्थामा पेस्तोल फेला परेको हो ।




