
काठमाडौँ :- काठमाडौं जिल्ला अदालतबाट हतकडीसहित एक थुनुवा भागेका छन् ।
आइतबार बयानका लागि अदालत पुर्याइएका थुनुवा पश्चिम रूकुमका २१ वर्षीय दशरथ शाही भागेका हुन् ।
थुनछेक बहसका लागि आइतबार अदालत उपस्थित गराउने क्रममा उनी अदालतबाटै फरार भएका हुन्। चोरी कसुरमा पक्राउ परेका उनलाई प्रहरी वृत सोह्रखुट्टेमा रहेका उनलाई आइतबार अदालतमा उपस्थित गराइएको थियो ।
अदालतको ४ नम्बर इजलासमा थुनछेक बहस भइरहेका बेला ट्वाइलेट जाने निहुँमा हत्कडीसहित उनी फरार भएका हुन् । प्रहरीले उनको खोजी तीव्र पारेको छ ।