काठमाडौँ :- जिल्ला प्रहरी कार्यालय, रौतहटले अदालतको फैसलाबाट दोषी ठहर भई फरार रहेका १३ जना प्रतिवादीलाई पक्राउ गरेको छ।
लागु औषध, बैंकिङ कसुर, जालसाजी, चोरी, ठगी, र कुटपिट अंगभंग जस्ता विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय सुनाइएका उनीहरूलाई प्रहरीले मंगलबार पक्राउ गरी सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अदालतको फैसला कार्यान्वयन अभियान अन्तर्गत विशेष प्रहरी टोली खटाएर फरार प्रतिवादीहरूको खोजी तथा पक्राउ गरिएको हो ।
लामो समयदेखि फरार रहेका उनीहरूलाई जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरी आवश्यक कारबाहीका लागि रौतहट जिल्ला अदालतमा बुझाइएको छ ।





