काठमाडौँ :- सामाजिक सञ्जाल टिकटक मार्फत जातीय, साम्प्रदायिक भावना भड्काउने र प्रतिष्ठित व्यक्ति तथा संस्थाहरूमाथि तथ्यहीन आरोप लगाउँदै भ्रामक सामग्रीहरू प्रसारण गर्ने एक युवती पक्राउ परेकी छन् ।
साइबर ब्युरो, काठमाडौँका अनुसार पक्राउ परेकी युवती खोटाङ जिल्ला हलेसीतुवाचुङ नगरपालिका–६ स्थायी घर भई हाल भक्तपुरमा बसोबास गर्दै आएकी ३१ वर्षीया रमा बस्नेत हुन् ।
ब्युरोका अनुसार उनले नियोजित रूपमा सामाजिक सञ्जालमा संवेदनशील विषयवस्तुहरू राखेर जातीय द्वन्द्व निम्त्याउने, चरित्र हत्या हुने खालका सामग्री पोस्ट गर्ने र संस्थागत छविमा आँच पुर्याउने काम गरिरहेकी थिइन्।
प्रविधिक विश्लेषण र अनुसन्धानबाट संलग्नता पुष्टि भएपछि उनलाई आइतबार भक्तपुरबाट पक्राउ गरिएको ब्युरोले जनाएको छ ।




