काठमाडौँ :- काठमाडौँमा तारकेश्वर नगरपालिका वडा नम्बर ८ मा शनिबार साँझ चोरी भएको छ ।
डाँडागाउँ बस्ने ठुली कान्छी श्रेष्ठको घरबाट चोरी भएको हो । प्रहरीका अनुसार सुनका विभिन्न गरगहना गरी करिब ५ लाख ३ हजार ४ सय रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।




