काठमाडौँ :- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगिता पहाडीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
नेपाल टेलिकमको बिलिङ प्रणालीको मर्मत सम्भारसम्बन्धी ठेक्का लम्ब्याउने क्रममा भ्रष्टाचार भएको भन्दै पहाडीसहित पूर्व मुख्यसचिव बैकुण्ठ अर्याल लगायतविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।




