काठमाडौँ । नेपाल राष्ट्र बैंकको भावी गभर्नको रेसमा रहेका अर्थशास्त्री डा.विश्व पौडेलविरुद्धको रिट सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको छ ।
पौडेललाई गभर्नर नियुक्त गर्न लागिएको दाबी गर्दै अधिवक्ताद्वय विशाल थापा र प्रतीभा उप्रेतीले रिट पेस गरेका थिए । उनीहरूले गभर्नर हुनका लागि पौडेलको योग्यता नपुग्ने पनि दाबी गरेका थिए ।
सर्वोच्च प्रशासनले भने उक्त रिट दर्ता गर्न अस्वीकार गरेको छ ।




