
काभ्रे :- सेवा नै धर्म हो भन्ने मुल नारा सहित मानवता पहिलो प्राथमिकता भन्दै आज लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ आई नेपालले जहॅा आवश्यकता त्यॅाहा लायन्स भन्ने मुल उद्देश्य लिएर राहत कार्य अगाडी बढाएको छ
लगातार केही दिन अगाडी आएको बर्षाको कारणले बाढीपहिरो पीडित काभ्रेको पॅाचखाल स्थित होक्सेका विभिन्न स्थानमा बाढी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको र त्यहा केही स्थानमा मानिसहरुलाई खानाको अभाव भएको जानकारी पाएपछी आपतकालिन खाद्य सामग्री चामल ,चिउरा ,दाल ,नुन ,चाउचाउ ,दालमोट ,तेल लगाएत करिब एक लाख बराबरको खाद्य सामाग्री लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ आई नेपालका प्रथम भाइस डिस्ट्रिक्ट गभर्नर लायन पार्वती खरेल पाण्डेज्यूको नेतृत्वमा राहत सामाग्री वितरण कार्य सम्पन्न गरेको छ ।
अविरल वर्षा भएसँगै क्षतिलाई मध्यनजर गर्दै लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ आइ नेपालले राहतका सामग्रीहरू प्रदान गर्ने भन्दै काभ्रे पाँचखालको होक्सेबाट सुरु गरेको हो । हामी पहिलो चरणमा यहाँ होक्सेमा आइपुगेका छौं हामी विभिन्न चरण गर्दै काभ्रेका विभिन्न पीडित र राहत सामग्री उपलब्ध गराउनुपर्ने ठाउँमा गएर हामी सहयोग गर्ने छौ भन्दै यस फुड बैकका चिफ लायन जनार्दन फुयालले पिडितको घाउमा मलमपट्टी लगाउने प्रतिबद्धता जनाए ।
फष्ट भाइस डिस्ट्रिक्ट गवर्नर लायन पार्बती खरेल पाण्डेले हामिले कसैको सहयोग मागेर ल्याउने हैन हामि हाम्रै लायन साथिहरुसङ फन्ड तयार गरेर तपाइहरुलाइ सहयोग गर्ने हो भन्दै हामी एन.जि.ओ. आइ. एन. जि.ओ. जस्तो डलर ल्याएर सहयोग गर्दैनौ हामी सहयोगी सस्था हौ हामी हाम्रै सदस्यको रकम उठाएर तपाइहरुलाइ सहयोग गर्छौ खरेलले भन्नू भयो । तेस्तै कार्यक्रमका प्रमुख अतिथि मल्टिपल ३२५ कोअर्डिनेट मन बहादुर रोक्काले लायन्स हाम्रै परिवार भएकोले दु:खद परिस्थितिमा लायन्स अगाडी सरेर सहयोग गर्ने बताउनु भयो । कार्यक्रममा सेकेन्ड भाइस डिस्ट्रिक गवर्नर लायन सुर्य के सि ले लायन्स क्लबले नेपालमा दैबी प्रकोप तथा अन्य बिपत्ति परेको बेला सदैब सहयोग गर्दै आएको बताउनु भयो ।
साथै यस राहत कार्यलाइ छिटो भन्दा छिटो पिडित माझ पुर्याउन प्रमुख भुमिका खेल्ने पि.आर.ओ. इन चिफ लायन बिष्णु भण्डारी क्लस्टर चिफ लायन संगिता के सि लगायत लायन लिडर लायन प्रल्हाद शर्मा हुमागाइ जोन ४५ का जोन चियर पर्सन लायन राम प्रसाद ढकाल यस कार्यक्रमलाई समन्वय भुमिका खेली सहयोग गर्ने लायन्स क्लब अफ काभ्रे गोसाइस्थानका अध्यक्ष लायन भेषराज शाह उपाध्यक्ष लायन हरि ठकुरी,कोषाध्यक्ष लायन मन्जु थापा,सदस्य लायन रुपा निरौला लायन्स क्लब अफ काभ्रे चौरिदेउरालिका अध्यक्ष सन्तोष गौतम, लायन्स क्लब अफ टेम्पल पिसका अध्यक्ष लायन दिपक थापा, लायन्स क्लब अफ काठमाडौ मा चन्डेश्वरीकि प्रथम उपाध्यक्ष लायन जेनिशा श्रेष्ठ लगाएत अन्य क्लब र डिस्ट्रिक्टबाट सामुहिक उपस्थितिमा करिब ३० घर परिवारलाइ खाद्य सामाग्री स्थानिय प्रशासनको रोहबरमा बाडिएको थियो ।