काठमाडौँ :- काभ्रेका अर्जुन लामाको हत्यासम्बन्धी माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दायर भएको मुद्दाको सुनुवाइ आज सकिएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासमा सुनुवाइ सकिएको हो ।
१२ वर्षअघि अर्थात २०६९ मंसिरमा अर्जुन लामाकी श्रीमती पूर्णिमाया लामाले आफ्नो श्रीमानको हत्यामा अग्नि प्रसाद सापकोटा सूर्यमान दोङ लगाएत माओवादीका तत्कालिन कार्यकर्ताहरु यादव पौडेल, भोला अर्याल, कर्णाखर गौतम, नोर्बु मोक्तान माथि छानबिन गर्न आदेशको माग गर्दै रिट दायर गरेकी थिइन्।




