
काभ्रे :- काभ्रेको मन्डनदेउपुर नगरपालिका अन्तर्गत वडा नम्बर एकमा आज एक कार्यक्रमका बिच वडा अध्यक्ष तथा सदस्यहरुले पद बहाली गरेका छ्न पुर्ब वडा अध्यक्ष लक्षुमण बस्ताकोटिले नब निर्बाचित अध्यक्षलाइ पद हस्तान्तरण गरेका हुन | गत बैशाख तीस गते सम्पन्न निर्बाचनबाट नेकपा एमालेको तर्फबाट अध्यक्ष पदमा ६२० मत प्राप्त गरि शिव प्रसाद ढकाल बिजय भएका थिए ढकालले नेपाली काङ्ग्रेसका बुद्धिमान तामाङलाइ ५ मतले पछि पार्दै बाजि मारेका हुन तेस्तै नेकपा एमालेले उक्त वडामा अध्यक्ष सहित तीन सदस्य जित हासिल गरे सङै नेपाली काङ्ग्रेसले एक खुल्ला पुरुष सदस्य हात पार्यो निर्बाचित अध्यक्ष पद बहाली कार्यक्रममा बोल्दै ढकाले भने मेरो कार्यकालमा वडामा शिक्षा र स्वास्थ्य पहिलो प्राथमिकतामा पर्छ र सङ सङै बिकास निर्माणका कार्यहरु अगाडि बढाउने ढकालको प्रतिबद्धता छ ढकालले भने मेरो वडामा काम गर्ने शिलशिलामा आफु सबै राजनितिक दलसङ सहकार्यका साथ अगाडि बढ्ने पनि जानकारी दिए | हाल उक्त नगरमा नेकपा एसका मेयर टोक बहादुर वाइबा र उप-प्रमुखमा नेपाली काङ्ग्रेसका बिष्णुमणि नेपाल निर्बाचित भै सकेका छ्न पद बहाली कार्यक्रममा वडामा रहेका नेता,दलका प्रतिनिधि,समाजसेवी,सन्चारकर्मी,अन्य,तथा अग्रजहरुको उपस्थिति रहेको थियो | कार्यक्रमको संचालक वडाका पशु प्राबिधिक कर्मचारी राजु ढकालले संचालन गरेका थिए |