काभ्रे :- काभ्रेको मण्डनदेउपुर नगरपालिकामा गठबन्धनका साझा उम्मेदवार बिजयी भएका छन् । सो नगरपालिकाको नगर प्रमुख पदमा गठबन्धनबाट नेकपा एकिकृत समाजवादीका टोक बहादुर वाईबा र उप प्रमुखमा गठबन्धनकै उम्मेदवार नेपाली काङ्ग्रेसका विष्णु मणि नेपाल बिजयी भएका छन् । वाईबाले जितेको नगरपालिका नेकपा एमालेका पूर्व मन्त्रि तथा नेता गोकुल बास्कोटाको गृहनगर हो
वाइवाले उनका प्रतिद्वन्दी एमालेका विदुर सापकोटालाई १ हजार ५५ मतले हराएका हुन् । नगर प्रमुख पदमा वाइबाले ९ हजार ४ सय ६ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार विदुर सापकोटाले ८ हजार ३ सय ५१ मत ल्याएका छन् । तेस्तै गरि गठबन्धनबाट उपमेयरमा नेपाली कांग्रेसले जित हासिल गरेको छ । गठबन्धनका उम्मेदवार विष्णुमणि नेपाल भारी मतान्तरका साथ विजयी भएका हुन् । नेपालले उनका प्रतिद्वन्दी नेकपा एमालेकी उम्मेदवार सरिता ढकाललाई ४ हजार ३ सय ८१ मतले पराजित गरेका हुन् । उप–प्रमुखका विजयी विष्णुमणि नेपालले ११ हजार ३ सय ५ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी एमालेकी सरिता ढकालले ६ हजार ९ सय २४ मत ल्याएकी छिन्।
मण्डनदेउपुर नगरपालिका मा १२ ओटा वडा छन् तेस मध्ये वडा अध्यक्षमा नेपालि कांग्रेस ले ७ ओटा नेकपा एमालेले ४ ओटा र नेकपा माओबादी केन्द्रले १ वटा जित हासिल हात पारेको छ नेकपा एमालेले २०७४ को स्थानीय चुनाबमा यो नगरमा मेयर उपमेयर सहित ८ ओटा वडाअध्यक्ष जितेको थियो हाल नेकपा एमाले ४ ओटा वडामा खुम्चिन पुगेको छ यो अबस्था मा पाटि आउनुमा जनता भन्छन कुरा ठुला गर्ने काम नगर्ने कारण यस्तो हुन गयो
मण्डनदेउपुर नगरपालिकाको मेयरमा टोक वहादुर वाईबा र उपमेयरमा विष्णु मणि नेपाल,वडा न. १ मा नेकपा एमालेका शिव प्रसाद ढकाल, वडा न.२ मा नेपाली काङ्ग्रेसका राजकुमार मल्ल,वडा न.३ मा नेपाली काङ्ग्रेसका पुरुषोत्तम बजगाई,वडा न.४ मा नेकपा एमालेका मैते सिं तामाङ,वडा न.५ मा नेकपा एमालेका हर्क वहादुर लामा,वडा न. ६ मा नेपाली काँग्रेसका सोम प्रसाद ढकाल(कुमार),वडा न. ७ मा नेकपा एमालेका विष्णु प्रसाद पौडेल ,वडा न. ८ मा माओवादी केन्द्रका निरन्जन विष्ट(दिप),वडा न.९ मा नेपाली काङ्ग्रेसका सिताराम श्रेष्ठ,वडा न.१० मा नेपाली काङ्ग्रेसका कुमार मोक्तान तामाङ,वडा न.११ मा नेपाली काङ्ग्रेसका दिपेन्द्र लामा तामाङ र वडा न.१२ मा नेपाली काङ्ग्रेसका राजकुमार पराजुली(कुमार) बिजयी भएका छन् ।












