बुधबार ललितपुर जिल्ला राष्ट्रिय महिला अधिकार मन्च द्धारा सृजनशिल महिला समुह,गरिमामय बचत तथा ऋिण सहकारी तथा होमनेट नेपालको सहयोगमा एक कार्यक्रम गरि ११२औँ अन्तराष्ट्रिय महिला दिवस मनाएको छ ।
सन् १९१० को मार्च ८ बाट श्रमिक महिला दिवस दिवसको अबधारणा आएको इतिहास छ । नेपालमा वि.सं. १९७५ साल बाट महिला बर्षको रूपमा हरेक बर्ष यो दिवस मनाउन थालेको हो ।
उक्त कार्यक्रममा महिलाको पहुँच अनुसन्धान केन्द्र नेपालकोे उपाध्यक्ष्य जमुना सयामीले“अल्जाईमर“(बिस्मृति)रोगको बारे सचेतना मुलक प्रशिक्षण दिएको थियो ।
प्राप्त अधिकारलाई कानुन बनाएर हुबहु कार्यन्वयन गर्ने र समान अधिकारको लागी थप आन्दोलित हुनुपर्ने अवस्था छ । ३३ प्रतिसत मात्र होईन,समान्तका लागी अझै १७ प्रतिशत बाँकी छ ।
सबै हक अधिकारहरू कागजी रूपमा नै भएको र महिलाले बिभिन्न हक अधिकार भने नपाएको र पुरुषबादी मानासिकतामा शुद्धिकरण हुन् नसकेकोले महिलाको सशक्तिकरण अपेक्षाकृत हुन सकेको छैन ।
उक्त कार्यक्रम सृजनशिल महिला समुह, संस्थाको कार्यलय कै हलमा महालक्ष्मी नगरपालीकाको उपमेयर निर्मला थापाको प्रमुख आतिथ्यमा ललितपुर जिल्ला मन्चकको अध्यक्ष बिष्णु खनालको सभा अध्यक्षतामा सम्पन्न भएको थियो ।
यस कार्यक्रममा ललितपर जिल्ला मन्चको उपाध्यक्ष्य रश्मीला पौडेल द्धारा स्वगत मन्तव्य र विमला घिमिरे तथा सस्थाका प्रतिनिधीहरु द्धारा महिलाका पिडा व्याथाहरु समेटिएको कविता वाचन भएको थियो ।
कार्यक्रममा जिल्ला मन्च अध्यक्ष खनाल– केन्द्रिय अध्यक्ष ,महलक्ष्मी नगरपालीका मेयर थापा लगाएतले महिला अधिकार सम्बन्धी आफ्नो धारणा व्यक्त गरेका थिए ।
उक्त कार्यक्रममा संस्थाका पदाधिकारीहरू,राष्ट्रिय महिला अधिकार मन्चको संस्थापक अध्यक्ष सरिता श्रेष्ठ ,केन्द्रिय कोषध्यक्ष सरिता धिमिरे केन्द्रिय अध्यक्ष लगायतका अन्य सदस्यहरु,साथै बिभिन्न संघ संस्थाकों प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।










