
काठमाडौं :- मिति २०७८ पुष १२ गते साँझदेखि माघ १३ गते सम्म काठमाडौं २६ गोंगबु स्थित बिभिन्न गेष्ट हाउसहरुमा बिभिन्न ब्यक्तिहरुले बर्ष ३४ की एक महिलालाई जवरजस्ती करणी गरेको घटनामा संलग्न ९ (नौ) जना अभियुक्तहरूलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
घटना घटेको २४ घण्टाभित्रै प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गर्दै गेष्टहाउस सञ्चालकहरुको समेत गम्भीर लापरबाही देखिएकाले होटल संचालक ३ जनालाई समेत अनुसन्धानको दायरामा ल्याई अनुसन्धान गरी रायसहितको प्रतिवेदन सरकारी वकील कार्यालय, बबरमहलमा प्रहरीले बुझाइएको थियो । सरकारी वकीलको कार्यालयमार्फत काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दर्ता गरी बहस पैरवी, थुन छेक बहस पश्चात मिति २०७८/१०/१२ गते सम्मानीत काठमाण्डौ जिल्ला अदालतको आदेशबाट जवरजस्ती करणी (जजक) मा संलग्न ९ (नौ) जना अभियुक्तहरू पुर्पक्षका लागि श्री कारागार कार्यालय, जगन्नाथदेवल काठमाण्डौमा थुनामा गएका हुन् ।

उक्त घटनामा प्रयोग भएका होटल सञ्चालकहरु ३ (तीन) जनासँग जनही ३/३लाख धरौटी माग गरिएको महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रवक्ता प्र.उ.दिनेश राज मैनालीले जानकारि गराएका छन् ।