भक्तपुर :- सूर्यविनायक नगरपालिका -४ दधिकोट पात्लेटारबाट १ किलो अवैध लागूऔषध गाँजा र करिब ३ सय ४० ग्राम पोल्याण्ड सहित दधिकोट बस्ने ५३ वर्षीय
सुन्दर न्यौपानेलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।




